नेकपा एसकाे देशव्यापी समाजवादी अभियान शुरू
चैत २, २०८१ शनिबार
काठमाडौं - चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीको माग सम्बोधनको लागि सरकारले पहल थालेको छ ।
मंगलबार दुई पक्षबीच भएको वार्ता सकारात्मक भएको र बुधबार फेरि वार्ता गरेर टुंगो लगाउने तयारी भैरहेको सरकारी वार्ता टोलीले जनाएको छ । सरकारको तर्फबाट नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले संवाद प्रक्रियाको थालनी गर्नुभएको हो ।
उहाँले मंगलबार दिउँसो केसीको वार्ता टोली र सरकारी पक्षसँग विभिन्न चरणमा छलफल गर्नुभयो । उहाँले डा. केसीका मागका विषयमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बाँस्कोटा र माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमासँग छलफल गर्नुभएको थियो ।
त्यसपछि सरकारी वार्ता टोली र केसीका प्रतिनिधिबीच वार्ता भएको थियो । वार्ता सकारात्मक भएको दुवै पक्षले प्रतिक्रिया दिएका छन् ।
सरकारी टोलीका वार्ता संयोजक खगराज बराल र केसी पक्षका वार्ता टोली संयोजक डा. अभिषेकराज सिंहद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा केसीले उठाएको धेरै माग सम्बोधन भएको र केही माग टुंगिन बाँकी रहेको जनाइएको छ । वार्ता सकारात्मक रहेकाले बुधबार पुनः बैठक बसी निष्कर्ष निकाल्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
यसअघि विधेयक फिर्ता गर्नुपर्ने अडानमा रहेको डा. केसी पक्ष लचक भएको छ । केसी पक्षले विधेयकमाथिका टिप्पणी र संशोधनसम्बन्धी विषय समेटिएको लिखित प्रतिवेदन नेता नेम्वाङलाई दिएको थियो । सरकार पनि विधेयक संशोधन गर्न तयार भएको छ ।
दुवै पक्ष लचिलो भएकाले बुधबार सहमति जुट्ने आशा गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।