राजीनामा दिनुअघि रोए, राजीनामा दिएपछि हाँस्दै हिँडे मन्त्री तामाङ (भिडियो)

 साउन ९, २०७५ बुधबार ७:३५:१० | उज्यालो सहकर्मी

काठमाडौं – बंगलादेशमा एमबीबीएस पढ्ने नेपाली छात्राको विषयमा जथाभावी बोलेको भन्दै आलोचना भएपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले मंगलबार मन्त्री पदबाट राजीनामा दिनुभएको छ । 

कानुन मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गर्दै कानुनमन्त्री तामाङले राजीनामा दिनुभएको हो । पत्रकार सम्मेलनमा भावुक हुँदै आफ्नो अभिव्यक्तिलाई तोडमोड गरेर प्रस्तुत गरिएको उहाँले बताउनुभयो । आफू सधैँ नेपाली महिलाको सम्मानमा आँच आउन नदिने कुरामा सजग भएको उहाँले बताउनुभयो । 

आफूले एउटा सार्वजिनक कार्यक्रममा दिएको अभिव्यक्तिलाई गलत तरिकाले बुझिएको बताउँदै नारी अधिकारका लागि आफू निरन्तर लड्दै आएको बताउनुभयो । आफूले बंगलादेशमा पढ्ने छात्राहरु हिंसामा परेका कुरा भनेको स्पष्ट पार्दै त्यसलाई अतिरञ्जित पारिएको उहाँले बताउनुभयो । 

कानुनमन्त्री तामाङले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘महिला मलाई जन्माउने आमा हो । मेरो जीवन साथी हो । छोरी मेरो सन्तान हो । भविष्य हो । सबै हो । आमाको नामबाट नागरिकता दिने विषयको आन्दोलनमा मेरो पनि सहयोग छ । हिंसा भएको छ भनेर मैले आफै बोलेकै हो । तर केही क्लिप मात्रै निकालेर बंग्याएर समाचार आएको हो ।’

कानुनमन्त्री तामाङको अभिव्यक्तिले सरकार र पार्टीलाई काम गर्न अप्ठेरो भएपछि उहाँलाई पार्टीले राजीनामा दिन निर्देशन दिएको थियो ।   

मन्त्री तामाङले आफ्नो अभिव्यक्तिलाई विवादमा तानेर सरकारलाई नै असफल बनाउन लागिएको कारण सरकारको समृद्धिको यात्रामा अवरोध नआओस् भनेर राजीनामा दिएको प्रष्ट पार्नु भएको छ ।

राजीनामा घोषणा गर्नुअघि बोल्ने क्रममा उहाँको गला अवरुद्ध भएको थियो । आँखाबाट आँसु आएको थियो । राजीनामा दिएपछि भने उहाँ हाँस्दै बाहिरिनुभयो ।

मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिनुभएको थियो । यसअघि आफ्नो अभिव्यक्तिप्रति उहाँले माफी माग्नुभएको थियो । 

अन्तिम अपडेट: चैत २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • गगन थापा

    July 27, 2018, 5:04 a.m.

    केटाको 5बर्षमा mbbs पास हुने केटिहरूकोचाहिँ किन 9बर्षमा पास हुने ?मलाईनि ठिक लागेना यो कस्तो एम बि बि एस हो?

  •  0 Reply

तपाईको प्रतिक्रिया