नेकपा एसकाे देशव्यापी समाजवादी अभियान शुरू
चैत २, २०८१ शनिबार
काठमाडौं – सरकारले नयाँ रेडियो र टेलिभिजन इजाजतमा रोक लगाएको छ। फ्रिक्वेन्सी, क्षमता वृद्धिलगायत विषयमा अध्ययन भइरहेकाले केही समयका लागि नयाँ इजाजतमा रोक लगाइएको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले एफएम रेडियो, टेलिभिजन र डिजिटल प्रसारणका लागि आवश्यक पर्ने फ्रिक्वेन्सी, नयाँ प्रसारण इजाजतपत्र,, क्षमता वृद्धि, प्रसारण केन्द्र स्थानान्तरण नगर्न मातहतको निकायलाई निर्देशन दिएको छ।
रेडियो फ्रिक्वेन्सी वितरण र क्षमता वृद्धिबारे अध्ययन भइरहेकाले केही समयका लागि इजाजतपत्र रोकेको मन्त्रालयका प्रवक्ता सहसचिव रामचन्द्र ढकालले उज्यालोलाई जानकारी दिनुभयो । ‘केही समयका लागि इजाजतपत्र दिन स्थगित गरिएको हो,’ प्रवक्ता ढकालले भन्नुभयो । अध्ययन प्रतिवेदन आएपछि खुला हुने पनि उहाँले बताउनुभयो ।
देश संघीय प्रणालीमा गइसकेपछि रेडियो तथा टेलिभिजनको लाइसेन्स वितरण गर्ने अधिकार संघीय सरकार, प्रदेश र स्थानीय तहलाई वर्गीकरण गरेर छुट्याइएको छ ।
स्थानीय तहले एफएम रेडियो सञ्चालनका लागि एक सय वाट, प्रदेश सकारले एक हजार र त्यसभन्दा माथिको इजाजतपत्र संघीय सरकारले दिने नियम छ । मन्त्रालयको तथ्याँक अनुसार ८ सयभन्दा धेरैले लाइसेन्स लिएका छन् भने झन्डै साढे सात सय एफएम रेडियो सञ्चालनमा छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।