च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
काठमाण्डौ - चितवन राष्ट्रिय निकुञ्जमा ‘पूर्वीय कुलबारी’ प्रजातिको नयाँ चरा भेटिएको छ ।
बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वाध्यक्ष एवं चराविद् बासु विडारीका अनुसार सोसाइटीका सदस्य राजु तामाङले बिहीबार निकुञ्जमा ‘पूर्वीय कुलबारी’ प्रजातिको चरा भेट्नुभएको हो ।
छिपछिपे पानीमा पाइने ‘पूर्वीय कुलबारी’ चरा नेपालको कोशी टप्पु तथा पश्चिम नेपालमा भेटिएको भए पनि चितवनमा पहिलोपटक भेटिएको उहाँले बताउनुभयो ।
नयाँ प्रजातिको चरासँगै चितवन राष्ट्रिय निकुञ्जमा पाइने चराको प्रजाति ६४१ पुगेको छ । नेपालमा भने ८८७ प्रजातिका चरा पाइने गर्दछ ।