काठमाण्डौ उपत्यकासहित देशका विभिन्न शहरमा वायु प्रदूषण बढ्दै
मंसिर ११, २०८१ मंगलबार
दाेलखा - शिवरात्रि मनाउनका लागि डोरी टाँगेर सहयोग माग्ने क्रममा दाेलखामा एक बालकको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा कालिञ्चोक गाउँपालिका–९ सुन्द्रावतीका नौ वर्षीय पुजन थामी रहेका प्रहरीले जनाएकाे छ । बाटाेमा डाेरी टाँगेर सहयाेग माग्दै गर्दा यात्रु बाेकेकाे बसको पछाडिपट्टिको चक्काले कुल्चिँदा उनकाे ज्यान गएकाे हो ।
सिंगटीबाट चरिकोट आउँदै गरेको पूर्वअरनिको यातायातको बा४ख ५८०९ नम्बरकाे बसकाे चक्काले थामीलाई बिहान साढे एघार बजेतिर कुल्चँदा उनकोे घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । बसले डाेरीसहित लतार्दा बालक थामी बसकाे चक्कामुनि परेकाेले उनकाे ज्यान गएकाे स्थानीयकाे भनाइ छ।
मृतक थामीको शव घटनास्थलमै राखिएको छ भने बस लिएर चालक सिधै जिल्ला प्रहरी कार्यालयमा आएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।