रामेछाप–काठमाण्डौ उडान बन्द, बिरामीहरु समस्यामा
मंसिर ११, २०८१ मंगलबार
सोलुखुम्बु - सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको काम सम्पन्न गर्न दोस्रो पटक फेरि म्याद थप हुने भएको छ ।
आयोजनाले निर्धारित समयमा काम नसक्दा फेरि म्याद थप गर्न सम्बन्धित मन्त्रालयमा फाइल अगाडि बढाइएको बताइएको छ । सन् २०२० को जनवरीसम्म काम सम्पन्न गर्ने गरी पहिलोपटक आयोजनाले म्याद थप गरेको थियो ।
सन् २०१६ सेप्टेम्बर २५ देखि काम शुरु गरेको आयोजनाले पहिलोपटक थप गरेको म्याद सकिएको दुई महिना अवधिसम्म ९० प्रतिशत काम पूरा भएको जनाएको छ । आयोजना प्रमुख जनार्दन गौतमका अनुसार जम्मा ३०३ टावर निर्माण गर्नुपर्नेमा १०४ निर्माण सम्पन्न र १५७ को फाउण्डेशन तयार भइसकेको छ । यस्तै, ओखलढुङ्गा जिल्लाभित्र २४, सोलुखुम्बु जिल्लाभित्र १७ र उदयपुर जिल्लाभित्र एक टावरको फाउण्डेशन निर्माणको क्रममा रहेको उहाँले जानकारी दिनुभयो ।
मिर्चैया–उदयपुर–ओखलढुङ्गा–सोलुखुम्बुको लाममानेसम्म ९० किलोमिटर दूरीमध्ये साढे २९ किलोमिटर तार लाइनसमेत तानिसकिएको छ । उक्त कार्य अबको पाँच महिनाभित्र सम्पन्न गरिसक्ने र यसका लागि सहयोगका पुर्याउन आयोजना प्रमुख गौतमले अनुरोधसमेत गर्नुभयो । उदयपुरको मरुवामा ऐलानी जग्गामा मुआब्जा नपाएको विषयमा केही विवाद भए पनि अन्य क्षेत्रमा विवाद नभएकाले समयमा नै आयोजना सक्ने जनाइएको छ ।
पटकपटक म्याद थप गरेको आयोजनाले लामो समयसम्म वन क्षेत्रको अनुमतिका कारण ढिलाइ भएको बताउँदै आएको थियो । सोलुखुम्बुको विभिन्न खोलामा उत्पादन भएको विद्युत््लाई सोलुदुधकुण्ड ११ तिङ्लाको लाममानेबाट सिरहाको मिर्चैया लगेर केन्द्रीय प्रसारण लाइनमा जोडिने छ । वैकल्पिक मार्गमा समेत जोडिएन सोलु खोलामा निजी क्षेत्रका २१७.५ मेगावाटका छ जलविद्युत आयोजना निर्माण भइरहेका छन् ।
ती मध्ये २३.५ मेगावाटको माथिल्लो सोलु आयोजना निर्माण सम्पन्न भइसकेको र ८२ मेगावाटको तल्लो सोलुको काम पनि अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । निर्माण सम्पन्न भइसकेको विद्युतलाई तिङ्लामा निर्माण सम्पन्न भएको ३३ केभी प्रसारण लाइनमार्फत ओखलढुङ्गाको रुम्जाटारमा रहेको विद्युत्् प्राधिकरणको वितरण केन्द्रमा जोड्ने योजना रहेको छ । सोही योजनाअनुसार सम्पूर्ण कामसमेत सम्पन्न भइसकेको छ ।
गत माघ ४ गते सोलुदुधकुण्ड नगरपालिकाको पत्तालेमा त्यही केन्द्रीय प्रसारण लाइनको उद्घाटन गर्ने कार्यतालिका भए पनि स्थानीयको अवरोधका कारण सफल भएन । प्रसारण लाइन अभावमा विद्युत् जोड्न नसकेमा प्राधिकरणले ४५ प्रतिशत क्षतिपूर्ति (पेनाल्टी) तिर्नुपर्ने व्यवस्था विद्युत् खरिद सम्झौता (पिपिए)मा उल्लेख छ । उक्त क्षतिपूर्ति बच्नको लागि वैकल्पिक मार्ग ३३ केभी प्रसारण लाइन प्रयोग गर्ने आयोजनाको योजना समेत विफल भएको छ ।
विकासमा राजनीतिक प्रतिशोध हुँदा स्थानीय र उद्घाटनमा गएको सांसद टोलीबीच तिङ्लामा झडप भएको थियो । उक्त झडपमा एउटा बोलेरो जीपसहित १३ वटा मोटरसाइकल जलेको थियो । सोलुदुधकुण्ड नगरपालिकाका प्रमुखसहित स्थानीयले तिङ्लामा विद्युत्् नबालिकन उद्घाटन गर्न नहुने तर्क राख्दै आएका थिए ।
आयोजकको कमजोर समन्वय र सुरक्षा निकायको निकम्बताको कारण तिङ्लामा करोडौँको क्षति भएको सोलुखुम्बुका सङ्घीय सांसद हेमकुमार राईले बताउनुभयो । तिङ्ला पत्ताले क्षेत्रमा ग्रामीण विद्युत्ीकरणकै लागि पोल गाड्ने र तार टाङ्ने काम ७० प्रतिशत सकिएको कार्यालयले जनाएको छ ।
सोलुखुम्बुको एक नगरपालिकासहित थुलुङदुधकोशी र नेचा सल्यान गाउँपालिकामा यसै वर्ष ग्रामीण विद्युतीकरण गर्ने गरी धमाधम कामसमेत भइरहेको उहाँले जानकारीदिनुभयो । करिब रु ७५ करोडभन्दा बढी बजेटबाट तीन स्थानीय तहमा विद्युत पुर्याउने गरी काम भइरहेको जनाइएको छ ।
सोलुखुम्बु जिल्लामा हालसम्म विद्युतकाे केन्द्रीय प्रसारण लाइन पुग्न सकेको छैन । यहाँका नागरिकले पेल्ट्रिकसेट, माइक्रोहाइड्रोको प्रयोग गरिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।