डाक्टर केसी पक्ष र सरकारी टोलीबीच वार्ता सुरु

 साउन ९, २०७५ बुधबार १३:५५:५६ | उज्यालो सहकर्मी

काठमाडौं – सरकार र २६ दिनदेखि अनसनरत डा. गोविन्द केसीपक्षबीच अहिले वार्ता भइरहेको छ । 

शिक्षा मन्त्रालयमा केही बेर अघिदेखि वार्ता सुरु भएको हो । मंगलबार दिउँसो केसी पक्ष र सरकारी वार्ता टोलीबीच वार्ता भएको थियो । मंगलबारको वार्ता दुवै पक्षले सकारात्मक भएको बताएका थिए । बुधबार सहमतिमा पुग्ने गरी वार्ता हुनसक्ने दुवै पक्षले बताएका छन् । 

वार्तामा डा. केसीका प्रतिनिधि र सरकारी वार्ताका टोलीका सदस्य सहभागी छन । डा. केसीको तर्फबाट जीवन क्षेत्री, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल, अभिषेकराज सिंह र सुमित पाण्डे सहभागी हुनुहुन्छ ।

वार्तामा विधेयकका केही बुँदा हटाएर संशोधन गरी डा।केसीका माग सम्बोधन गर्ने सरकारी वार्ता टोलीका सदस्यको भनाई छ । शिक्षासचिव खगराज बराल नेतृत्वको सरकारी वार्ता टोलीले यसअघि तीन पटकसम्म डा. केसी पक्षसँग छलफल गरे पनि सहमति हुन सकेको थिएन ।
 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया