शिक्षालाई अगाडि बढाउने विषयमा सरकारले नयाँ योजना बनाउने: प्रम ओली

 साउन ९, २०७५ बुधबार १४:५८:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई कसरी अगाडि बढाउने भन्ने विषयमा सरकारले नयाँ योजना बनाइरहेको बताउनुभएको छ ।

बालुवाटारमा आयोजित लुम्बिनी बौद्ध विश्वविद्यालयको दशौं सभा बैठकमा प्रधानमन्त्री ओलीले यस्तो जानकारी दिनुभएको हो ।

कुन क्षेत्रमा कति जनशक्ति आवश्यक हुन्छ सो अनुसार शिक्षण संस्था खोल्नु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । 

अध्ययन नगरी जथाभावी खोलिएका शिक्षण संस्थाका कारण योग्यताको प्रमाणपत्र व्यक्तिको लागि गौरव भन्दा पनि पीडाको विषय भएको उहाँको भनाइ छ । 

‘चाहिएको छ कृषि विज्ञ, प्रमाणपत्र छ अरु नै बिषयका, यस्तो भएपछि मान्छे बेरोजगार हुन्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अनि प्रमाण पत्र पाउँदाको उत्साह केही दिनमै पिडामा बदलिन्छ ।’


सरकारले सबै क्षेत्रको अध्ययन गरेर कहाँ कति जनशक्ति आवश्यक छ सोही अनुसार शिक्षण संस्था खोल्नका लागि सिफारिस गरिने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । 

बैठकमा प्रधानमन्त्री ओलीले नेपाललाई लामो समय गरिब बनाएर खान लाउन बाहेक अन्यत्र ध्यान दिन नसक्ने अवस्थामा पु¥याइएको बताउनुभयो ।

‘तर अब त्यो अवस्था बाँकी रहेन’, प्रधानमन्त्री ओलीले भन्नुभयो ‘अब नेपालीहरु खान र लाउनबाट माथि उठेर अन्य आवश्यकताको गुणस्तरीय परिपूर्तिमा लाग्न सक्ने अवस्थामा पुगेका छन् ।’
 

अन्तिम अपडेट: चैत २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया