धुलिखेलमा माइक्राेबसकाे ठक्करबाट मोटरसाइकल चालककाे मृत्यु

 साउन ९, २०७५ बुधबार १६:३६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काभ्रे - काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर-९ पानीट्याङकीमा माइक्राेबसले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको ज्यान जानुका साथै १ जना घाइते भएका छन् ।

काभ्रेको भकुण्डेबाट काठमाडाैंको लागि छुटेको ना १ ज ५२१५ नम्बरको माइक्रोले धुलिखेलबाट भकुण्डेतर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै ज्यान गएको हो ।

मृतकको परिचय खुल्न सकेको छैन । घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल ललिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Dharm nath sah

    July 25, 2018, 6:20 p.m.

    Chalak name - Satyanarayana sah Village- Taraptti Relationship- brother

  •  0 Reply

तपाईको प्रतिक्रिया