पेन्सनमा एकै वर्ष ४० अर्ब १४ करोड खर्च

 साउन ९, २०७५ बुधबार १७:२:३३ | उज्यालो सहकर्मी

काठमाडौं – सरकारले गएको आर्थिक वर्षमा पेन्सन वितरणमै ४० अर्ब रुपैयाँभन्दा धेरै रकम खर्च गरेको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार गएको आर्थिक वर्ष २०७३÷७४ मा निवृतिभरणको लागि ४० अर्ब १४ करोड १० लाख रुपैँया खर्च भएको जनाएको छ । २ लाख ५० हजार ६ सय पूर्व कर्मचारीका लागि पेन्सनमा ४० अर्ब १४ करोड रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

पेन्सनको रकम हरेक वर्ष बढ्दै गएको पनि तथ्याङ्खले देखाएको छ । आर्थिक वर्ष २०७३/७४ मा  २ लाख ३३ हजार  पूर्व कर्मचारीका लागि ३७ अर्ब ९ करोड ८१ लाख रुपैयाँ खर्च भएको छ । 
 

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Chitendra jora

    July 25, 2018, 6:08 p.m.

    नेता हरु जम्बो टोली लगेर बिदेशी होटल हरुमा एक रातमा करोड़ौ रुपया खर्च गरेको देखदैनन दिन रात नभनि आफनो ज्यान को कुनै पर्बाहं नगारी अहोरात्री खटिएर काम गरेर पाएको पेन्शन को लागी कम्युनिष्ट हरु टाउको दुखाई भएको छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया