मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै पाँचवटा ऐन एकैसाथ लागू हुने

 साउन ९, २०७५ बुधबार १७:२२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – आउँदो भदौं एक गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै पाँच वटा ऐन एकैसाथ लागू हुने भएको छ ।

सर्वोच्च अदालतले आउँदो भाद्र १ गतेदेखि मुलुकी ऐन प्रतिस्थापन गर्दै मुलुकी देवानी ऐन, मुलुकी देवानी कार्यविधि ऐन, मुलुकी अपराध ऐन, मुलुकी फौजदारी कार्यविधि ऐन र फौजदारी कसुर ऐन एकैसाथ लागू गर्ने जानकारी गराएको हो ।

सर्वोच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायले ५ वटै ऐन लागू गराउन आवश्यक तयारीको कामलाई पनि अन्तिम चरणमा पुर्‍याइएको जानकारी दिनुभयो । उहाँले पत्रकार सम्मेलन गरी ऐनहरुलाई लागू गराउन आवश्यक तयारीका लागि न्यायाधीशहरुकै नेतृत्वमा ३ वटा छुट्टाछुट्टै समिति गठन गरिएको स्पष्ट पार्नुभयो ।

यसैबीच, सर्वोच्च अदालतले लक्ष्य अनुसार मुद्दा फर्स्याैट नगरेको पनि खुलासा भएको छ । सर्वोच्च अदालतको आर्थिक वर्ष २०७४/७५ को समीक्षा प्रतिवेदनमा लक्ष्य अनुसार मुद्दा फर्स्याैट गर्न नसकिएको स्वीकार गरिएको हो । निर्धारण गरिएको लक्ष्यभन्दा २० प्रतिशत कम मुद्दा फस्र्यौट गरिएको सर्वोच्च अदालतका रजिष्ट्रार उपाध्यायले जानकारी दिनुभयो ।

लक्ष्य अनुसार मुद्दा फर्स्याैट नभए पनि सर्वोच्च अदालतले आर्थिक वर्ष २०७४/७५ मा गएको वर्षको भन्दा करीब ३ प्रतिशत मुद्दा बढी फर्स्याैट गरेको छ । आर्थिक वर्ष २०७३/७४ मा ५३ दशमलव ७८ प्रतिशत मुद्दा फर्स्याैट गरेकोमा आर्थिक वर्ष २०७४/७५ मा ५६ दशमलव ५९ प्रतिशत अर्थात् ३ प्रतिशत बढी मुद्दा फस्र्यौट गर्न सफल भएको हो ।

आर्थिक वर्ष २०७४/७५ मा जम्मा २ लाख १२ हजार ३ सय ९७ थान मुद्दा रहेकोमा १ लाख २० हजार १ सय ८९ थान मुद्दा फर्स्याेट गरिएको सर्वोच्च अदालतको वार्षिक समीक्षा प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 

अन्तिम अपडेट: फागुन २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया