रामेछाप–काठमाण्डौ उडान बन्द, बिरामीहरु समस्यामा
मंसिर ११, २०८१ मंगलबार
सुर्खेत - मदन भण्डारी राजमार्गको सर्भेमा देखिएको विवाद टुङ्गिएको छ ।
सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट हुँदै लैजाने विषयमा सहमति जुटेपछि आयोजनालाई सर्भे गर्न बाटो खुलेको छ । सोही क्षेत्रका प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतको पहलमा शुक्रबार उक्त विवाद समाधान भएको हो ।
राजमार्ग सालकोट या बाबियाचौर कुन स्थानबाट लैजाने भन्ने विषयमा त्यस क्षेत्रका बासिन्दा विभाजित थिए । सहमतिअनुसार अब मदन भण्डारी राजमार्ग सालकोटको रुट भएर जानेछ भने खम्बागाडे–बाबियाचौर–विद्यापुर सडकको राजमार्गसरहकै स्तरोन्नति गरिनेछ ।
२० किमि लम्बाइ रहेको खम्बागाडे–बाबियाचौर–विद्यापुर सडकलाई ५० मिटर चौडाइको बनाउन विस्तृत सम्भाव्यता अध्ययनको काम पनि सुरु गरिएको छ । अब यो सडक पनि मदन भण्डारी राजमार्गसरहकै मापदण्डअनुसार बन्नेछ । सालकोट र बाबियाचौर क्षेत्रका बासिन्दाको विवादका कारण पछिल्लो समय सर्भे कार्य रोकिएको थियो ।
राज्यमन्त्री रावतले खम्बागाडे पुगेर सम्भाव्यता अध्ययनको सुरुआत गर्नुभयो । विकासमा विवाद गर्न नहुने भन्दै उहाँले पश्चिम सुर्खेत राष्ट्रिय राजमार्गमा जोडिन सफल भएकामा खुशी व्यक्त गर्नुभयो ।
‘निर्वाचनका बेलाको एउटा प्रतिबद्धता पूरा गर्दैछु, राजमार्गसँगै सोही मापदण्डको विद्यापुर जोड्ने सडकको विस्तृत परियोजना प्रतिवेदन र आईईको काम पनि सुरु गरिएको छ’, उहाँले भन्नुभयो, ‘विकासमा हामी सहयोगी बनौँ, सानातिना विवाद आएमा तत्कालै बसेर समाधान खोजौँ ।’
उहाँले खम्बागाडे–विद्यापुर सडकका लागि आगामी वर्ष बजेट जुटाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले विकास निर्माणमा आउने विवादको समाधानको नेतृत्व गर्न स्थानीय जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।
विवाद समाधानका लागि आयोजित भेलामा पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापा, सालकोट÷बाबियाचौर क्षेत्रका बासिन्दाको उपस्थिति थियो । यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री रावतले सालकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा एक साताभित्र चिकित्सक पठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।