रामेछाप–काठमाण्डौ उडान बन्द, बिरामीहरु समस्यामा
मंसिर ११, २०८१ मंगलबार
सप्तरी – कोशी टप्पु वन्यजन्तु आरक्षका जङ्गली हात्तीको आक्रमणबाट शनिबार सप्तरीमा एक जनाकाे ज्यान गएकाे छ ।
घाँस काट्न आरक्षमा गएकी सप्तरीको कञ्चनरुप नगरपालिका ५ की ४१ वर्षीया चन्द्रिकादेवी मुखियाको हात्तीले आक्रमण गर्दा ज्यान गएकाे इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
जङ्गली हात्तीको आक्रमणमा परेकी मुखियाको घटनास्थलमै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) तिलक भारतीले जानकारी दिनुभयो ।
घटनाको जानकारीलगत्तै प्रहरी चौकी धरमपुर र इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केका हात्तीले कञ्चनपुर क्षेत्रमा दैनिक आतङ्क मच्चाएको स्थानीयवासीको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।