५ सय सवारीसाधनमा 'डस्टबिन'

 फागुन १८, २०७६ आइतबार ८:३२:३७ | रासस
unn.prixa.net

काठमाण्डाै – 'संस्कार समाज नेपाल' ले सार्वजनिक सवारीसाधनबाट हुने फोहरलाई नियन्त्रण गर्न पाँच सय ‘डस्टबिन’ वितरण गरेको छ ।

‘असल संस्कार सिकौँ/सिकाऔँ, आफ्नो देश आफैँ बनाऔँ’ भन्ने मूल नारा बोकेको समाजले घान्द्रुक समाज हङकङको सहकार्यमा शनिबार नयाँ बसपार्कबाट उपत्यकाका विभिन्न जिल्लामा आवतजावत गर्ने सार्वजनिक सवारीसाधनलाई ‘डस्टबिन’ वितरण गरेको हो ।   

समाजका अध्यक्ष पशुपति गुरुङ समाज र देशको विकासका लागि असल संस्कार आवश्यक रहेको बताउनुहुन्छ । 'व्यक्ति व्यक्तिमा असल संस्कारको विकास भएमात्र देशको विकास हुन्छ', उहाँ भन्नुहुन्छ । संस्कार समाजले यसभन्दा अगाडि नयाँ बसपार्कबाट देशका विभिन्न क्षेत्रमा आवतजावत गर्ने एक हजार सार्वजनिक सवारीसाधनलाई जनचेतनामूलक अडियोसहितका 'पेनड्राइभ' वितरण गरेको थियो ।   

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला सार्वजनिक सवारी साधनलाई सफा राख्नुपर्ने बताउनुहुन्छ । 'लाखौँ व्यक्ति सार्वजनिक सवारीसाधन चढ्ने भएकाले यसलाई सफा राख्नु सबैको दायित्व हो', उहाँ भन्नुहुन्छ ।   

घान्द्रुक समाज हङकङका प्रतिनिधि विशु सम ‘समृद्ध नेपाल’ निर्माणका लागि समाजले सहयोग गरेको बताउनुहुन्छ । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुद्देश्यीय प्रालीका अध्यक्ष दीपक कुँवरले फोहररहित नयाँ बसपार्क निर्माणका लागि संस्कार समाज नेपालले 'डस्टबिन' वितरण गरेर राम्रो कामको थालनी गरेको बताउनुभयो ।

विसं २०७४ मा स्थापना भएको समाजले सरसफाइका साथै जनचेतनामूलक र सामाजिक काम गर्दै आइरहेको छ । 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया