चितवन निकुञ्जमा घुम्न आउने पर्यटक बढे

 साउन १०, २०७५ बिहीबार ७:४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकको संख्या बृद्धि भएको छ । भूकम्प, नाकाबन्दी र नारायणगढ–मुग्लिन सडक खण्डका कारण विगत तीन वर्षदेखि घटेको पर्यटकको संख्या गएको आर्थिक वर्षमा बढेको छ । 

अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा १२ हजार ६९३ बढी पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् । अहिलेसम्म सबैभन्दा बढी आर्थिक वर्ष २०७१/०७२ मा १ लाख ८४ हजार पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । चितवनमा आउनले पर्यटकको संख्या अद्यावधिक गर्ने आधीकारीक निकाय नभए पनि निकुञ्जले मध्यवर्ती क्षेत्र र निकुञ्ज प्रवेश गर्ने पर्यटकको विवरण संकलन गर्दै आएको छ ।

आर्थिक वर्ष २०७२/०७३ मा ८७ हजार ३९१ पर्यटक मात्रै निकुञ्ज प्रवेश गरेका थिए । गत आर्थिक वर्ष २०७४/०७५ मा १ लाख ५२ हजार ६७१ जना पर्यटक निकुञ्ज भित्रिएको जानकारी दिदै चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले आर्थिक वर्ष २०७३/०७४ १ लाख ३९ हजार ९७८ पर्यटकले निकुञ्ज अवलोकन गरेको जानकारी दिनुभयो ।

तथ्यांकमा केही पर्यटकको संख्या बढेको भएपनि उल्लेख्य रुपमा पर्यटक अझै आउन नसकेको बताउदै अर्यालले भूकम्प र नाकाबन्दीको असर कम भएपछि पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने अपेक्षा भए पनि सोचे अनुसार वृद्धी नभएको बताउनुभयो ।

गत आर्थिक वर्ष २०७४÷०७५ मा नेपाली ३४ हजार ५०, सार्क मुलुकका १९ हजार ६९६ र विदेशी पर्यटक ९८ हजार ९२५ जना पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । जसमध्ये पुरुषको संख्या ८१ हजार ७९० थियो भने महिला ७० हजार ८९१ रहेका थिए ।

अघिल्लो आर्थिक वर्ष २०७३÷०७४ मा नेपाली ३६ हजार ५३, सार्क मुलुकका १५ हजार ९०६ र विदेशी ८८ हजार १९ पर्यटकले निकुञ्ज प्रवेश गरेका थिए । जसमध्ये महिला ७० हजार ११७ र पुरुष ६९ हजार ८६१ रहेका थिए । 

आर्थिक वर्ष ०७२÷०७३ मा नेपाली ३० हजार ५९२, सार्क मुलुकका ६ हजार ६०६ र विदेशी ५० हजार १९३ जनाले निकुञ्ज प्रवेश गरेका थिए । जसमध्ये महिला ४५ हजार ५७ र पुरुष ४२ हजार ३३४ रहेको जानकारी अर्यालले दिनुभयो ।

निकुञ्जले विदेशी पर्यटकको १ हजार ५००, सार्क मुलुकका ७५० र नेपाली पर्यटकसँग १०० रुपैयाँ भ्याट बाहेक शुल्क लिने गरेको अर्यालले जानकारी दिनुभयो ।  निकुञ्जले आर्थिक वर्ष २०७४/०७५ मा पर्यटक प्रवेश शुल्कबाट मात्रै १६ करोड ७८ लाख ५४ हजार ६५० रुपैयाँ संकलन गरेको उहाँले बताउनुभयो । 

निकुञ्जले गएकाे आर्थिक वर्ष २०७४/०७५ मा सम्पूर्ण शीर्षकमा गरी २४ करोड ८१ लाख ९९ हजार ९९८ रुपैयाँ राजश्व संकलन गरेको छ ।

निकुञ्जले आर्थिक वर्ष ०७३/०७४ मा २२ करोड ५१ लाख ६३ हजार ४०९ रुपैयाँ राजश्व संकलन गरेको थियो । आर्थिक वर्ष २०७२/०७३ मा १३ करोड १२ लाख २० हजार २५५ रुपैयाँ राजश्व संकलन भएको निकुञ्जले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया