आज चन्द्रग्रहण : के गर्ने ? के नगर्ने ?

 साउन ११, २०७५ शुक्रबार ६:४२:४३ | उज्यालो सहकर्मी

काठमाडौं - शुक्रबार राति खग्रास चन्द्रग्रहण लाग्दैछ । ग्रहणले स्पर्श हुनुभन्दा नौ घण्टाअघि देखि बाल, वृद्ध र रोगी बाहेक अरुले भोजन गर्न नहुने शास्त्रमा उल्लेख छ । ग्रहण लागेका बेला हवन, मन्त्र जप, मन्त्र लिने, मन्त्र सिद्धि गर्ने, दान गर्नेलगायत धार्मिक काम गर्न शुभ मानिन्छ । 

दिउँसो ३ बजेर ९ मिनेटदेखि नै भोजन नगर्नु राम्रो हुन्छ । तर बालबालिका, रोगी तथा वृद्धावृद्धाले भने यो समयमा सकेसम्म त बार्नु नै राम्रो हुन्छ, सकिँदैन भने भोजन गर्न सकिन्छ । 

चन्द्रग्रहणको बेला सूर्यको किरण चन्द्रमामा नपुग्ने र प्रकाश परावर्तन हुन नपाउने हुन्छ । सूर्यको प्रकाश पनि नआउने र प्रकाश परावर्तन पनि हुन नपाउने भएकाले यो समयमा हानिकारक किटाणुहरुको संख्यामा वृद्धि हुने भएकाले यस समयमा खानपान गर्न नहुने ज्योतिषीय र वैज्ञानिक तथ्यहरु छन् । 

ग्रहण लागेको बेला चन्द्र र सूर्य कमजोर हुन्छन् । हरेक कार्य गर्नको लागि आत्मविश्वास बलियो हुनुपर्दछ । ज्योतिषशास्त्रमा सूर्य आत्मा र चन्द्रमा मनसँग सम्वन्ध राख्ने कुरा वर्णन गरेको पाइन्छ । तसर्थ यो समयमा आत्मविश्वास प्रदान गर्ने ग्रहहरु कमजोर हुँदा काममा बाधा पुग्छ भन्ने ज्योतिषशास्त्रको मान्यता रहेको छ । 

ज्योतिषशास्त्रमा ग्रहणको समय अशुभ मानिन्छ । ग्रहणको समयमा धेरै कामहरु गर्न निषेध गरिएको छ , जस्तैः कैँचीको प्रयोग, फलफूल टिप्नु, कपडा धुनु, ब्रश गर्नु, गाइभैँसी दुहुनु, भोजन गर्नु, सहवास गर्नु, यात्रा गर्नु, सुत्नु , रुख काट्नु आदि जस्ता कार्य ग्रहणको समयमा गर्नु हुँदैन । गर्भवती महिलाले त झन् आराम गर्नुपर्दछ र ग्रहण हेर्नु हुँदैन । ग्रहण हेरेमा गर्भको बच्चामा नकारात्मक प्रभाव पर्ने शास्त्रमा उल्लेख छ । 

वैज्ञानिक अनुसन्धान अनुसार पनि ग्रहणको समयमा वातावरणमा नकारात्मक उर्जा प्रवाह हुन्छ । जसका कारण नराम्रा किटाणुहरुको संख्या धेरै बढ्छ । त्यसकारण भोजन नगरी बस्न सक्नेहरुले ग्रहणको समयमा भोजन नगर्नु नै राम्रो हुन्छ । ग्रहणको समय अगाडि नै पाकेका सामाग्रीहरुमा तुलसी पत्र र कुश राख्नाले ग्रहणको समयमा निस्किने किटाणुहरुको प्रभाव निकै कम पर्दछ ।  

प्रस्तुति : ज्यो. बलराम उपाध्याय खकुरेल

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया