‘कुटुमा कुटु’ पछि एउटै भिडियोमा स्वस्तीमा र निश्चल

 साउन ११, २०७५ शुक्रबार १७:७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सिनेमा ‘दुई रुपैयाँ’को एउटा गीतमा निश्चल बस्नेत र स्वस्तीमा खड्काको जोडीलाई देखेर दर्शक खुशी भएका थिए । वास्तविक जीवनमा पनि रुचाइएको यो जोडीलाई सिनेमामा पर्दा कहिले बाँड्ने ? भनेर दर्शक तथा शुभचिन्तकले सोधिरहेका हुन्छन् । 

तर उनीहरुले भने अहिले नै यसको बारेमा केही नसोचेको र कथाले मागेको खण्डमा पर्दामा एक साथ काम गर्ने बताउँदै आएका छन् । दर्शककै मायाका कारण यो जोडीले एक साथ काम गरेको ‘कुटुमा कुटु’ युट्यूबमा सबैभन्दा धेरै पटक हेरिने नेपाली गीत पनि बनेको छ । 

‘कुटुमा कुटु’लाई रिलिज भएको एक वर्षमा युट्यूबमा सात करोड भन्दा धेरै पटक हेरिसकिएको छ ।

दर्शकले वास्तविक जीवन र पर्दामा पनि रुचाएको यो जोडी फेरि एक पटक पर्दामा एक साथ प्रस्तुत भएको छ । जी ट्वेन्टी वानले निर्माण गरेको ‘नाच फिरिरी’मा यो जोडीलाई फिचर गरिएको छ जसको आधिकारिक भिडियो शुक्रबार सार्वजनिक भएको छ । शुक्रबार जी ट्वेन्टी वानकै युट्यूब च्यानलबाट गीतको भिडियोलाई सार्वजनिक गरिएको  छ ।

निश्चल बस्नेतको निर्देशनमा तयार भएको यस भिडियोमा निश्चल र स्वस्तीमासँगै क्रिस्टल क्लाउड र कलाकार प्रकाश घिमिरेलाई पनि फिचर गरिएको छ ।


महेश काफ्ले र मेलिना राईको आवाज रहेको यस गीतमा महेश काफ्लेको शब्द र संगीत रहेको छ । 

शिवराम श्रेष्ठ र सुरज श्रेष्ठको छायाकंन रहेको यस भिडियोलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । 

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया