आन्तरिक ऋण उठाउनको लागि राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विका...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलिन नदिन सरकारले देशैभर ‘लकडाउन’ गरेपछि दक्षिणकाली नाका हुँदै दैनिक एक सय ५० भन्दा बढी मानिस पैदल नै काठमाण्डौबाट बाहिरिन थालेका छन् ।
‘लकडाउन’ भए पनि दैनिक धेरै मानिस दक्षिणकाली नगरपालिकाको मार्ग भएर बाहिरिन थालेपछि ठाउँठाउँमा साबुन पानीको व्यवस्था गरी हात धोएर मात्र यात्रा गर्न आह्वान गरिएको नगर उपप्रमुख वसन्ती डङ्गोल तामाङले जानकारी दिनुभयो । यसरी बाहिरिनेमा तराई मूलका धेरै मानिस छन् ।
नगरवासीलाई घरमै बसी बाहिर ननिस्कन पर्चा समेत वितरण गरिएको छ । नगरपालिकाले दैनिक मजदुरी गरेर जीवन निर्वाह गर्नेको सूची तयार पार्न वडा कार्यालयलाई पत्राचार गरेको उपप्रमुख तामाले बताउनुभयो । सूची तयार भएपछि वडाकै खाद्यान्न पसलबाट खाद्य सामग्री दिने तयारी नगरपालिकाले गरेको छ ।
नगरवासीको अनुरोधमा नगरपालिकाले विदेशबाट फर्किएका ११ जनाको ज्वरो लगायतको स्वास्थ्य जाँच गरेको छ । कतार, भारत, दुबई, श्रीलङ्का, जापान लगायत देशबाट फर्किएकाको स्वास्थ्य जाँच गरिँदा अहिले ठिक देखिए पनि १४ दिनसम्म घरमै क्वरेण्टीनमा बस्न अनुरोध गरिएको उपप्रमुख तामाङले बताउनुभयो ।
नगरपालिकाले चलाएको गार्मेन्टबाट उत्पादन भएको मास्क (मुखावरण) वितरणका लागि वडा वडामा पठाएको छ ।
नगरपालिकाको वडा नम्बर १ चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्रमा ज्वरो आइ कोरोनाको शङ्का लागेका बिरामीलाई राख्न १० शय्या क्षमताको अस्पताल तयार पार्न लागिएको जनाइएको छ ।
लकडाउनका कारण अत्यावश्यक ग्यास, खाद्यान्न लगायतको अभाव हुन सक्ने भएकाले नगरपालिकाले प्रहरीको सहयोग लिएर नियमित अनुगमन समेत गरिरहेको छ ।
खाद्यान्न लगायत अत्यावश्यक सामग्री खरिद गर्न पसल जाँदा सुरक्षित हुने गरी दुई मानिसका बीच दुरी कायम गर्न पनि नगरपालिकाले नगरवासीमा अनुरोध गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।