पश्चिमी सीमा नाकाबाट अवैध रुपमा भित्रिए एक हजार नेपाली

 चैत १५, २०७६ शनिबार १९:३०:४५ | रासस
unn.prixa.net

कञ्चनपुर – ‘लकडाउन’ अन्तर्गत पश्चिमी सीमा नाका गड्डाचौकी बन्द गरिएपछि एक हजार आठ सय ४२ नेपाली नेपाल भित्रिएका छन् । सीमा नाका बन्द गरिए पनि भारतमा काम गर्ने नेपाली भित्रिने क्रम भने रोकिएको छैन । 

भारतमा  होटेल, निर्माणसम्बन्धी कार्य लगायत बन्द भएपछि नेपालीहरु फर्कन थालेका हुन् । गएको चैत १० गतेदेखि सीमा नाका बन्द गरिएको हो । 

कोरोना भाइरस (कोभिड १९) जाँचका लागि पश्चिमी सीमा नाका गड्डाचौकीमा स्थापना गरिएको हेल्थ डेस्कका अनुसार गड्डाचौकी सीमा नाकामा सुरक्षाकर्मीको कडाइपछि भारतबाट आउनेहरु अन्य सीमा क्षेत्र भएर अवैध रुपमा छिर्ने क्रम बढेको छ ।
 
अवैध रुपमा सीमा नाका प्रवेश गर्नेहरुलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिइ हेल्थ डेस्कमा पु¥याएर स्वास्थ्य जाँच गराउँदै आएका छन् । भारतीय बजार खटिमासँग जोडिएको महाकाली नगरपालिकाबाट नेपाल भित्रिने क्रम बढ्न थालेपछि नाकामा नेपाली सेनाले निगरानी बढाएको छ । 

सेना सहित नेपाल प्रहरी र  सशस्त्र प्रहरीले नाकामा कडा निगरानी गरिरहेको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायको जिकिर छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया