नेकपा एसकाे देशव्यापी समाजवादी अभियान शुरू
चैत २, २०८१ शनिबार
धादिङ – पृथ्वी राजमार्गमा पर्ने धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६, जरेस्थित सडकबाट एउटा कार शुक्रबार त्रिशूली नदीमा खस्दा एक जनाको ज्यान गएको छ ।
धादिङतर्फबाट पोखरा जाँदै गरेको बा १४ च ३७५८ नम्बरको कार सडकबाट त्रिशूलीमा खसेर दुर्घटना हुँदा कास्की जिल्ला बैदामका ५१ वर्षीय मधुकर सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले बताउनुभयो ।
त्रिशूलीमा खसेका उनलाई नेपाली सेनाले उद्धार गरी गजुरी अस्पतालमा पुर्याएको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
तीन जना सवार कारमा दुई जना भने पौडिएर बाँच्न सफल भएका छन् । दुर्घटनामा कारका चालक रामेछापका सानुबाबु सुनुवार र ललितपुर इमाडोलका शैलेन्द्र राउत घाइते भएका छन् ।
तीव्र गतिका कारण अनियन्त्रित भई त्रिशूली नदीमा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।