कोभिड—१९ः होम क्वरेण्टीनमै चैती छठ पर्व

 चैत १७, २०७६ सोमबार १५:४६:५९ | रासस
unn.prixa.net

महोत्तरी - मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने चैती (बासन्ती) छठ पर्वका सबै विधि यसपाली महोत्तरीमा घरघरमै सम्पन्न गरिँदै छ ।

पर्वमा आज सोमबार नदी वा पवित्र जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिने विधि घरघरै गरिने तयारी देखिएको हो । पर्वको मुख्य दिन आज निराहार व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने विधि ‘सझुका–अरख’ सम्पन्न गरिने तयारी छ । पर्वकै बेला संसारभरि नै कोभिड–१९ (कोरोना भाइरस) को सन्त्रास छाएको हुँदा सरकारले यसको सङ्क्रमण बढ्न नदिन ‘लक डाउन’ जारी गरेको बेला पर्वका विधि क्वरेण्टीनमा रहँदै घरघरै सम्पन्न गर्न लागिएको हो ।

सूर्यदेवको उपासना गरिने यो पर्व उल्लासमय वातावरणमा मनाइने परम्परा रहँदै आएपनि यसपाला कोभिड–१९ को सङ्क्रमण बढ्न नदिन क्वारेन्टाइनभित्रै घरकै धारामा स्नान र अर्घ्य दिइने व्रतालुले बताएका छन् । छठमा पवित्र जलाशयमा घाट सजाउने मैथिल परम्परा यसपाली ‘लक डाउन’ले नहुने भएको हो ।

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर भोलि सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न गरिने छ । यसअघि व्रतालुले पर्वको पहिलो दिन गएको ‘नहाय–खाय’, दोश्रो दिन आइतबार दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खीरमात्र खाएर ‘खरना’ विधि सम्पन्न गरिसकेका छन् । शरद र बसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो ।

शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र बसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ । छठ पर्वमा ठकुवा, भुसुवा (कसार)सहितका मिष्ठान्न परिकारसहित पाकेका केराको घरि र अन्य फलफूलहितका सामग्री व्रले अर्घ्यका बेला सूर्यतर्फ देखाउने गर्छन् । चैती छठजस्तै चैत शुक्ल प्रतिपदासँगै शुरु भएको बासन्ती नवरात्र (चैते दशैं) पनि यसपाली सुनसान देखिएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया