पुरानो गाडी दिएर नयाँ गाडी चढ्ने अवसर

 साउन १३, २०७५ आइतबार १२:१९:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - नेपालका लागि ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि.ले एक्सचेन्ज योजना ल्याएको छ । मेगा एक्स्चेन्ज विक नाम दिइएको यस योजनामा ग्राहकले आफ्नो कुनै पनि पुरानो गाडीसँग नयाँ डाट्सन गाडी साट्न सक्ने कम्पनीले जनाएको छ । साउन १० गतेदेखि १७ गतेसम्म यो योजना लागू हुनेछ ।

जो कोहीलाई नयाँ गाडी चढ्ने रहर हुन्छ र त्यो रहरलाई ड्याट्सनले उच्चतम मूल्याङ्कनका साथमा पूरा गर्ने कम्पनीको भनाई छ । देशभर रहेका आधिकारिक शो रुमहरुमा सञ्चानलन हुने एक्स्चेन्ज अफरमा ग्राहकले अन द स्पट नै आफ्नो पुरानो गाडीको उच्चतम मूल्याङ्कन प्राप्त गरी ७५ हजार रुपैयाँसम्मको एक्स्चेन्ज बोनस पनि पाउनेछन् ।

यस्तै १ लाख ७५ हजार रुपैयाँसम्मको नगद छुट र फाइनान्सिङ्गको सुविधा पनि पाइने कम्पनीले जनाएको छ  । हरेक गाडीमा ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म सर्भिसिङ्ग तथा १ वर्षको सडक कर पनि समावेश गरिएको छ । 
 

अन्तिम अपडेट: चैत २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया