बेलायती प्रधानमन्त्री जाेनसन नियमित काममा फर्किए, 'लकडाउन खुकुलाे बनाइहाल्ने अवस्था छैन'

 बैशाख १५, २०७७ सोमबार १७:२२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरस (काेभिड १९) बाट सङ्क्रमित बेलायतका प्रधानमन्त्री बोरिस जोनसन उपचारपछि निको भएर आफ्नो नियमित काममा फर्किएका छन् ।

प्रधानमन्त्री जाेनसनले बेलायतमा सङ्क्रमणको उच्च खतरा कायमै रहेकाले लकडाउन कहिले खुला हुन्छ र कुन-कुन प्रतिबन्धलाई फुकुवा गर्न सकिन्छ भन्ने विषयमा अहिले नै भन्न सकिने अवस्था नरहेको जानकारी दिए । उनले कोरोना भाइरसका कारण चुनौती भएको र लकडाउनको पालना गर्ने नागरिक धन्यवादको पात्र भएको बताएका छन् ।  

५५ वर्षीय प्रधानमन्त्री जोनसन कोरोनाको सङ्क्रमण भएपछि गएको मार्च २६ तारिखमा अस्पताल भर्ना भएका थिए । त्यसअघि उनी आफ्नै निवासमा एकान्तवासमा बसेका थिए । तर स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई अस्पतालमा भर्ना गरिएकाे थियो ।

लण्डनको एसटी थोमस अस्पतालबाट उनी गएको अप्रिल १२ तारिखमा डिस्चार्ज भएका थिए । डिस्चार्जपछि डाक्टरको सल्लाहमा उनले केही आराम गरेका थिए ।

बेलायतमा कोरोनाका कारण अहिलेसम्म २० हजारभन्दा धेरै नागरिकको ज्यान गइसकेको छ । एक लाख ५० हजारभन्दा धेरै सङ्क्रमित छन् । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया