काेराेना जितेर घर फर्किएकालाई परिवारमै बस्ने व्यवस्था मिलाउन मन्त्रालयकाे आग्रह

 वैशाख २८, २०७७ आइतबार १८:३५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले कोरोना भाइरस (काेभिड–१९) लाई जितेर घर फर्किएकालाई परिवारमा नै बस्ने व्यवस्था मिलाउन आग्रह गरेको छ । केही ठाउँमा कोरोना सङ्क्रमणपछि निको भएर फर्किएकालाई पनि घर परिवारबाट टाढा राख्ने गरेको गुनासो आएको भन्दै स्वास्थ्य मन्त्रालयले त्यसो नगर्न आग्रह गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले कोरोनालाई जितेर घर फर्किएकाले भाइरस सार्छन् भन्ने भ्रममा नबस्न आग्रह गर्नुभयो । उहाँले भाइरसलाई जितेर फर्किएकाको शरीरमा कुनै सङ्क्रमण सार्ने भाइरस नहुने र उनीहरु सामान्य जीवनयापनमा फर्किसकेकाले परिवारमा नै बस्ने वातावरण बनाउन सहयोग गरिदिन अनुरोध गर्नुभयो ।

कोरोना भाइरसको भय र त्रासका कारण समाजमा हल्ला र मिथ्या फैलिएकाले त्यस्तो हल्लाकोपछि लागेर विभेद नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको हो ।

मन्त्रालयले कोरोनाबारे केही जिज्ञासा भए मन्त्रालयमा सम्पर्क गर्न पनि भनेको छ। यस्तै मन्त्रालयले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै बनाइएका क्वरेण्टीनलाई बालमैत्री बनाउन पनि आग्रह गरेको छ ।

नेपालमा अहिलेसम्म एक सय १० जनामा सङ्क्रमण पुष्टि भएकाे छ । सबैभन्दा धेरै ३२ जना उदयपुरमा सङ्क्रमित भएका छन् । पर्सामा २५, बाँकेमा २४, कपिलवस्तुमा ५, काठमाण्डाैमा ५, कैलालीमा ४, राैतहटमा ३, बागलुङमा २, बारामा २, चितवनमा २, झपामा २, भाेजपुरमा १, कञ्चनपुरमा १, रुपन्देहीमा १ र सर्लाहीमा १ जना सङ्क्रमित भेटिएका छन् । 

सङ्क्रमितमध्ये ३१ उपचारपछि निकाे भएर घर फर्किएका छन् ।

 याे पनि पढ्नुहाेस्

 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया