नागढुंगामा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने युवक पक्राउ

 जेठ ४, २०७७ आइतबार १३:३५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीलाई दुर्व्यवहार गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ ।

चन्द्रगिरी घर भएका उत्तम कार्कीलाई आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ । शुक्रबार हेटौँडाबाट काठमाण्डौं आउँदै गरेका वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीलाई उत्तम कार्कीले गाडीबाट झर्न लगाएर उहाँको झोला र गाडी जाँच गर्दै दुर्व्यवहार गरेका थिए । त्यसको चौतर्फी विरोध भइरहेको छ ।

 

पक्राउ परेका कार्कीलार्य अभद्र व्यवहारको कसुरमा मुद्दा चलाउने तयारी भइरहेको परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Raj Raj

    May 17, 2020, 9:18 p.m.

    गुड राम्रो गर्यो, होइन नागढुंगा मा प्रहरीले काम गर्दा गर्दै गुण्डा केटा हरु किन बाठे भएको ? अति दादागिरी भयो, यी गुण्डाहरुको

  •  0 Reply
  • Keshav lama

    May 17, 2020, 2:08 p.m.

    राम्रो ...मुद्दा चलाउनुस /

  •  0 Reply

तपाईको प्रतिक्रिया