बालाजुमा मिनिट्रक र स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गयो

 जेठ १६, २०७७ शुक्रबार ८:७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको बालाजुमा मिनिट्रक र स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।

दुर्घटनामा बझाङका २२ वर्षका लोकेन्द्र विष्ट र २५ वर्षका धनबहादुर बुढाको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार बिहीबार राति गोगंबुबाट बालाजुका लागि छुटेको बा २ ख ५४ ८४ नम्बरको मिनिट्रकसँग ना ६५ प २००१ नम्बरको स्कुटर ठोक्किँदा घाइते भएका बुढाको ट्रमा सेन्टरमा र विष्टको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा राति नै ज्यान गएको हो । मिनिट्रकका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया