ग्यास बुलेटसँग जीप ठोक्किंदा आमाछोराको ज्यान गयो

 असार १६, २०७७ मंगलबार ११:८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

मकवानपुर – गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष डाक्टर कृष्ण धिताल सहित परिवार चढेको जीप दुर्घटना हुँदा उहाँकी श्रीमती र छोराको ज्यान गएको हो ।

दुर्घटनामा घाइते उहाँकी श्रीमती प्रभा गौतमलाई अस्पताल लैजाँदै गर्दा र छोरा अनुजको सीएमसी मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार बिहान ज्यान गएको हो । कृष्ण धिताल, छोरी वर्षा र जीप चालक राजन घिमिरे घाइते भएका प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक बसन्त कुमार लामाले जानकारी दिनुभयो । घाइतेहरुको उपचार भैरहेको छ ।

मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर–१९ सत्र किलोमा गएराति भारतीय ग्यास बुलेटसँग जीप ठोक्किएर दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया