दाङमा एम्बुलेन्स दुर्घटना हुँदा ११ जना घाइते

 असार ३१, २०७७ बुधबार ९:३:२२ | हेमराज शर्मा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

दाङमा एम्बुलेन्स दुर्घटना हुँदा एक दिनको नवजात शिशु सहित ११ जना घाइते भएका छन् ।

सुत्केरी लिएर नेपालगञ्जबाट पश्चिम दाङको हंसपुरका लागि छुटेको भे १ च १५९९ नम्बरको एम्बुलेन्स तुलसीपुर हापुरे–सुर्खेत सडकखण्डको कुमालगडीमा दुर्घटना हुँदा घाइते भएका सबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

घुम्तीमा एम्बुलेन्सको स्टेरिङ फेल हुँदा दुर्घटना भएको प्रहरीले बताएको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया