मलेसियाबाट छोरीको शव ल्याउन भौँतारिरहेकी ७० वर्षीया आमा
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ - अहिले देशका धेरै ठाउँमा घाम लागेको छ । केही ठाउँमा आंशिक बदली भई हल्का पानी परिरहेको छ ।
हिजोअस्ति पानी पारेको प्रणाली नेपालबाट थोरै पर सरेकाले अब एकदुई दिन हिजोअस्तिको भन्दा कम पानी पर्ने मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो ।
आज पनि देशभरीकै मौसम बदली भई केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने पूर्वानुमान गरिएको उहाँले जानकारी दिनुभयो । यस्तै प्रदेश १, २, ५, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक दुई ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् पोख्रेलको भनाई छ ।
तर हिजोअस्ति ठूलो पानी परेकाले पहिरोको जोखिम भने अझै रहेको भन्दै हिँडडुल गर्दा ख्याल गर्न उहाँले आग्रह गर्नुभएको छ ।
यसैबीच रातीदेखि नै कम पानी परेपनि विभिन्न नदी तथा खोलामा पानीको सतह घट्दै गएको छ । तर आज दिउँसोपछि कोशी र नारायणी नदीमा पानीको सतह चेतावनी तह आसपास पुग्ने भएकाले नदी किनार तथा तटीय क्षेत्रका बासिन्दालाई सजग हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।