धादिङमा सडक खुल्न अझै केही दिन लाग्ने, अरु सडकको अवस्था के छ ?

 साउन ७, २०७७ बुधबार ७:२७:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - पहिरो हटाउन समस्या भएपछि काठमाण्डौ जोड्ने मुख्य सडक पृथ्वी राजमार्ग खुलाउन अझै केही दिन लाग्ने भएको छ । 

पृथ्वी राजमार्गको चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल भत्किएको तथा मुग्लिन पश्चिम विमलनगरमा ढुंगासहितको पहिरो खसिरहेकाले खुलाउन समस्या भएको सडक विभागले जनाएको छ । 

पृथ्वी राजमार्गमा मात्रै साना ठूला गरी झण्डै दुई सय ठाउँमा पहिरो खसेको विभागले जानकारी दिएको छ । पहिरो हटाउन विभिन्न ठाउँमा डोजर, स्काभेटरलगायतका उपकरण तयारी अवस्थामा राखिएको सडक विभागका महानिर्देशक केशव शर्माले जानकारी दिनुभयो ।

 यसैगरी नारायणगढ मुग्लिन सडकखण्डको १७ किलोमा खसेको पहिरो हटाएपछि आलोपालो गरी एकतर्फी गाडी चलिरहेका छन् । अरनिको राजमार्गको जबमु, झ्याले, शिरिसे, डाकलाङ लगायतका ठाउँमा बाढीले सडक नै बगाएकाले खुलाउन अझै केही दिन लाग्नेछ ।

 यसैगरी सांफेबगर –मार्तडी सडकको अम्कोट द्धावारी खण्डको केही भाग बाढीले कटान भएको, बेनी जोमसोम कोरोला सडकको दाना, काभ्रेभिर, घोप्टेभिर र गलेश्वरमा बेलिब्रिज नै बगाएको, बेसीशहर – चामे सडकको घोप्टे खोला, रामबजार र च्याम्चेमा पहिरो खसेकाले सडक अवरुद्ध छन् ।

 साना पहिरो हटाएपनि ठूला पहिरो हटाउन समय लाग्ने देखिएको सडक विभागले जनाएको छ । कुन सडकको अवस्था के छ भन्ने थाहा पाउन यहाँ हेर्नुहोस्

अन्तिम अपडेट: माघ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया