त्रिवि अन्तर्गतका क्याम्पस खुले, भदौमा परीक्षाको तयारी

 साउन ७, २०७७ बुधबार ११:४८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - चार महिनादेखि बन्द रहेका त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पस खुलेका छन् ।

 सरकारले लकडाउन हटाउने निर्णय गरैसँगै क्याम्पसहरु खुलेको विश्वविद्यालयले जनाएको छ । तर, क्याम्पसमा पढाइ भने भएको छैन । 

सरकारले नियमित पठनपाठन र पुस्तकालय खोल्न अझै रोक लगाएकाले अरु काम सञ्चालन गर्नेगरी क्याम्पस खुलेको विश्वविद्यालयले जनाएको छ । 

क्याम्पस खुलेसँगै त्रिविले स्थगित परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । चैतमा रोकिएको स्नातक र स्नातकोत्तर तहका परीक्षा तथा पठनपाठन सञ्चालन गर्नेबारे छलफल भैरहेको त्रिविले जनाएको छ ।

 कोरोनाको सङ्क्रमण कम हुँदै गएमा भदौ पहिलो हप्ताभित्र परीक्षा गर्ने विश्वविद्यालयको तयारी छ ।


 

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया