धरहराकाे ११ औँ तलाको ढलान सकियो

 साउन १५, २०७७ बिहीबार ११:१९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – धरहराकाे ११ औँ तलाको ढलान सकिएको छ । अघिल्लो हप्तादेखि सुरु भएको ११ औँ तलाको ढलान बुधबार सकिएको हो ।

अब १२ औं तलाको काम सुरु भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । धरहरा पुनर्निर्माणको समग्र कामको अहिलेसम्मको प्रगति भने ४० प्रतिशत पुगेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील ज्ञवालीले बताउनुभयो ।

अहिले झण्डै २ सय ६० जना कामदार खटिएका छन् । लकडाउन हटेपछि धरहराको काम धमाधम भैरहेको पनि प्राधिकरणले जनाएको छ ।

झण्डै ४२ रोपनी क्षेत्रफलमा बन्दै गरेको नयाँ धरहरा पहिलाको धरहरा भन्दा चौडा हुनेछ । पुरानो धरहरा झण्डै साढे ४ रोपनी क्षेत्रफलमा थियो । धरहरामा दुई वटा लिफ्ट पनि हुनेछ । भित्रबाट २२ तलाको हुने धरहरा बाहिरबाट भने बेसमेन्ट सहित ११ तलाको हुनेछ ।

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया