यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – लकडाउनपछि बन्द भएका होटल तथा रेष्टुराँ व्यवसाय खुल्न थालेका छन् ।
६ गते लकडाउन हटाएको सरकारले आजदेखि होटल व्यवसाय खोल्न स्वीकृति दिएको थियो । सरकारको स्वीकृतिसँगै झण्डै ४ महिना बन्द भएका होटल तथा रेष्टुराँ व्यवसाय खुल्न थालेका हुन् । पहिलो चरणमा पर्यटक कम आउने आँकलन गर्दै पूर्ण क्षमताको १० प्रतिशत मात्रै सेवा सञ्चालन गर्ने व्यवसायीको तयारी छ ।
अहिले व्यापार तथा नाफाभन्दा पनि व्यवसाय गर्ने वातावरण सहज बनाउने सन्देश दिन मात्रै व्यवसाय सञ्चालन सुरु गरिएको व्यवसायीले बताएका छन् । यस्तै होटेल सञ्चालन गर्न आवश्यकता बमोजिम कर्मचारीलाई तालीम दिइसकेको रेष्टुराँ तथा बार एशोसिएशन नेपाल रेबानका अध्यक्ष अरनिको राजभण्डारीले जानकारी दिनुभयो । अहिले पूर्ण रुपमा नखुले पनि विस्तारै खुलाउँदै लैजाने रणनीतिअनुसार आफूहरू तयारी अवस्थामै रहेको उहाँले बताउनुभयो ।
यस्तै पर्यटकीय यामलाई समेत मध्यनजर गरी ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी कार्यालय पनि खुल्न थालेका छन् । चार महिनादेखि ठप्प होटेल व्यवसायलाई पुरानै लयमा फर्काउन समय लाग्ने भए पनि आन्तरिक पर्यटकीय गतिविधि बढ्नासाथ व्यवसाय केही हदसम्म उकासिने उनीहरूको बुझाइ छ ।
यसैबीच चितवनको सौराहाका होटल तथा रेष्टुराँ स्वास्थ्य सावधानी र छुट प्याकेजसहित सञ्चालनमा आएका छन् । आन्तरिक पर्यटकलाई लक्षित गरी व्यवसायीले छुट प्याकेजको घोषणा सहित व्यवसाय सञ्चालनमा ल्याएका हुन् ।
होटल सञ्चालन गर्दा अनिवार्य रुपमा कोभिड–१९ सम्बन्धी आवश्यक जानकारी सूचना टाँस्ने, सबै पर्यटकको ज्वरो जाँच्ने, हात धुने र स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने नियम बनाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।