पहिलो पटक सुडान पुगेर फर्कियो नेपाल एअरलाइन्स

 साउन १५, २०७७ बिहीबार १३:०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल एअरलाइन्सले पहिलो पटक सुडानको लागि उडान गरेको छ ।

नेपाली सेनाको शान्ति मिसनमा जाने सैनिक बोकेर दक्षिण सुडान पुगेको नेपाल एअरलाइन्सको जहाजले फर्कँदा पनि शान्ति मिसनमा रहेका सैनिक ल्याएको छ ।

ओमानको राजधानी मस्कट हुँदै दक्षिण सुडानको राजधानी जुवा गएको नेपाल एअरलाइन्सको जहाजले दुई सय ३८ जना सैनिक लगेको थियो भने फर्कँदा दुई सय ५० सैनिक ल्याएको छ ।

नेपाल एअरलाइन्सको वाइडबडी जहाज मङ्गलबार राति सुडानको लागि उडेको थियो भने बुधबार राति काठमाण्डौ फर्किएको छ ।  

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया