स्वयम्भूमा बस पल्टिँदा एक जनाको ज्यान गयाे

 साउन १६, २०७७ शुक्रबार १०:१७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको स्वयम्भूमा बस पल्टिँदा एक जनाको ज्यान गएको छ । 

स्वयम्भूबाट वनस्थलीका लागि छुटेको बा ४ ख ५९८४ नम्बरको बस पल्टिँदा अन्दाजी २२ वर्षका युवकको ज्यान गएको प्रहरीले जनाएको छ । राति भएको दुर्घटनामा ज्यान गुमाएका युवकको परिचय खुलेको छैन । 

ज्यान गुमाएका युवक बसभित्र थिए वा पैदल यात्रु हुन् भन्ने बारेमा पनि खुलेको छैन । दुर्घटनाबारे बिहान मात्रै थाहा पाएपछि पुगेको प्रहरीको टोलीले अनुसन्धान थालेको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया