१५ दिनपछि पानी पार्ने अर्को प्रणाली भित्रिने सम्भावना, तर पश्चि...
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका दुई जना ट्राफिक प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरुमा शुक्रबार सङ्क्रमण पुष्टि भएको महाशाखाका प्रवक्ता वामदेव गौतमले जानकारी दिनुभयो ।
सङ्क्रमित ट्राफिक प्रहरीको बारेमा अरु कुनै जानकारी भने दिइएको छैन । प्रवक्ता गौतमले भन्नुभयो, ‘महाशाखामा कार्यरत दुई जनामा सङ्क्रमण देखिएको छ, नेपाल सरकारले तोकेकै अस्पतालमा उपचार भइरहेको छ, अहिलेलाई यति मात्रै भनौँ ।’
यसअघि शुक्रबार नै प्रहरी प्रधान कार्यालय नक्सालका थप १८ जना प्रहरीमा कोरोना देखिएको थियो । अहिलेसम्म नक्सालका ७२ जना प्रहरीमा सङ्क्रमण पुष्टि भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।