सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डाै – उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले आफूहरुकाे कार्यशैली ‘लकिरका फकिर’ जस्तो भएको टिप्पणी गर्नुभएको छ ।
मन्त्रालयको वार्षिक प्रगति समीक्षा गर्न आयोजना गरिएको कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले ‘लकिरका फकिर’ जस्तो कार्यशैली परिवर्तन गर्न नसकिए परिमाण आउन नसक्ने बताउनुभयो । अहिलेको आवश्यकता व्यवहार, सोच र योजना ‘अपडेटेड’ गरेर आगाडि बढ्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘हाम्रो कार्यसम्पादन शैली ‘लकिरका फकिर’ जस्तो भयो । क्रिएटिभ ढङ्गले अगाडि बढ्न सकिएन भने त्यसले परिणाम दिन सक्दैन । क्रिएटिभ ढङ्गले जानु अहिलेको आवश्यकता हो र यसैअनुसार अगाडि बढ्न आग्रह गर्दछु । त्यस्तो गर्न सकिएन भने व्यवहार, नीति र योजनाहरु आउटडेटेड हुन्छन् ।’
हरेक संस्था र व्यक्तिका व्यवहार, नीति र योजना ‘आउटडेटेड’ हुनबाट बचाउन ‘अपडेटेड’ हुनैपर्ने उहाँले बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज कँडेलले राष्ट्रिय हित र विकासका दृष्टिकोणका हिसाबले राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति हुन नसकेको बताउनुभयो । राष्ट्रिय गौरवका आयोजनाहरु आर्थिक स्रोतका कारण रोक्ने अवस्था हुन नहुने उहाँले बताउनुभयो । आयोजनाहरुको काम अगाडि बढाएर छिटो सम्पन्न हुने अवस्थामा आवश्यक लगानीको व्यवस्थापनका लागि आयोगले पहल गर्ने उहाँले बताउनुभयो ।
शुक्रबार उपप्रधानमन्त्री तथा रक्षा मन्त्री र मन्त्रालय सचिवबीच आर्थिक वर्ष २०७७/०७८ मा रक्षा मन्त्रालयबाट गरिने मुख्य कार्यक्रमसम्बन्धी कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ । यस्तै प्रधानसेनापति र रक्षा सचिवबीच आर्थिक वर्ष २०७७/०७८ मा नेपाली सेना अन्तर्गत कार्यान्वयन गरिने मुख्य कार्यक्रमसम्बन्धी कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ ।