१५ दिनपछि पानी पार्ने अर्को प्रणाली भित्रिने सम्भावना, तर पश्चि...
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ - चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालसँगको सम्बन्धलाई चीनले विशेष महत्व दिएको बताउनुभएको छ ।
नेपाल-चीन सम्बन्धको ६५ औँ वर्षगाँठको अवसरमा चिनियाँ राष्ट्रपति सीले दुई देशबीचको सम्बन्ध थप विस्तार गर्नु आफ्नो प्रमुख महत्वको विषय रहेको बताउनुभएको हो ।
उहाँले द्विपक्षीय सम्बन्ध विस्तारका लागि नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग सहकार्यको चाहना पनि व्यक्त गर्नुभएको समाचार संस्था सिन्ह्वाले जनाएको छ । कूटनीतिक सम्बन्धको ६५ औँ वर्षगाँठको अवसरमा दिएको शुभकामना सन्देशमा राष्ट्रपति सीले दुई देशका नागरिकको हितका लागि काम गर्न तयार रहेको बताउनुभएको छ ।
यस्तै उहाँले क्षेत्रीय स्थायित्व तथा विकासका लागि पनि नेपालसँगको सम्बन्ध विस्तार आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको खबरमा उल्लेख छ । नेपाल-चीनबीच सन् १९५५ को अगष्ट १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
स्थापना दिवसको अवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरुले बधाई सन्देश आदानप्रदान गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी चिनपिङलाई सन्देश पठाएर नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आउँदा दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।