सभामुख निवासका सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण, सापकोटा निवासका सबैको स्वाब सङ्कलन

 साउन १७, २०७७ शनिबार १४:४९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाको निवासमा कार्यरत एक जना सुरक्षाकर्मीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

ती सुरक्षाकर्मी साउन ६ गतेदेखि सभामुख निवास भने नगएका सभामुख सापकोटाको सचिवालयले जनाएको छ । सभामुखको सुरक्षाका लागि अगुवा गाडीमा रहने र प्रहरी हेडक्वाटरमै बस्ने प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

ती सुरक्षाकर्मीमा कोरोना पुष्टि भएसँगै सापकोटा निवासमा रहेका सुरक्षाकर्मी र अरु व्यक्तिको पनि स्वाब सङ्कलन गरिएको छ ।

अन्तिम अपडेट: साउन १८, २०७७

तपाईको प्रतिक्रिया