हरिवंशको गाईजात्रा गीत : तिमी के को जान्ने ?

 साउन १७, २०७७ शनिबार १४:५५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - वरिष्ठ कलाकार हरिवंश आचार्यले ‘तिमी के को जान्ने’ बोलको गाईजात्रा गीत सार्वजनिक गरेका छन् ।

गाईजात्रा आउनै लागेको बेला हरिवंशकै शब्द, स्वर तथा संगितमा तयार भएको गीत सार्वजनिक भएको हो । 

गीतले राजनीतिक र समसामयिक विषयमा व्यङ्ग्य गरेको छ । शक्तिमा रहेको नेताको शैली, उसको चाकडी र आफूलाई सबैभन्दा ठूलो ठान्ने प्रवृत्तिमाथि व्यङ्ग्य गरिएको छ ।

भिडियोमा हरिवंश आचार्यलाई नेताको भूमिकामा देख्न सकिन्छ । शशीकुमार खड्का, किरण तुलाधर, विकास भट्टराई, शुष्मा कार्कीलगायतले पनि भिडियोमा अभिनय गरेका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया