आज विश्व रेडियो दिवस मनाइँदै
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै - नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप तीन सय १५ जना सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या २० हजार ८६ पुगेको हो । पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ९३ जनाको परीक्षण भएको छ ।
जम्मा सङ्क्रमितमध्ये १४ हजार ४ सय ९२ जना निको भएर डिस्चार्ज भइसकेकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार तीन सय ३८ मात्रै रहेको छ । पछिल्लो २४ घण्टामा मात्रै ९३ जना डिस्चार्ज भएका छन् ।
अहिले प्रदेश एकमा दुई सय २५ जना, प्रदेश दुईमा दुई हजार ६६ जना, वागमतीमा पाँच सय ७५ जना, गण्डकीमा तीन सय १३ जना, प्रदेश पाँचमा तीन सय ८७ जना, कर्णालीमा दुई सय ९७ जना र सुदूरपश्चिममा एक हजार ६ सय ७५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
स्वास्थ्य मन्त्रालयले कुल सङ्क्रमितको ७२ दशमलव १ प्रतिशत व्यक्ति निको भएको जनाएको छ । हाल देशभर ११ हजार पाँच सय ३३ जना व्यक्ति क्वरेण्टीनमा रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।