पहिरोको जोखिम, भिरालो जमिन आसपासका बासिन्दालाई सचेत रहन आग्रह

 साउन १८, २०७७ आइतबार ६:५६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आज बाढीको जोखिम कम भए पनि पहिरो भने जानसक्ने भएकाले भिरालो जमिन आसपासका बासिन्दालाई सतर्क हुन मौसमविद्ले आग्रह गरेका छन् । 

पानी पर्न कम भएपछि बाढीको जोखिम कम भएको हो तर निरन्तर पानी परेर जमिन गलेकाले सानो पानी परे पनि पहिरो भने जानसक्ने मौसमविद्ले बताएका हुन् ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज र भोलि लगातार झरीको संभावना कतै पनि छैन ।

तर मनसुन चलिरहेकाले देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम खालको पानी भने पर्ने संभावना छ । 

यस्तै कतै नजिकै पानी परे पनि नजिकै अर्को ठाउँमा नपर्ने र कतै कतै ठूलो पानी पनि पर्न सक्ने संभावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया