बग्गीखानाका दुई सयभन्दा बढी ट्राफिक प्रहरी क्वरेण्टीनमा

 साउन १८, २०७७ आइतबार ९:५१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - दुई जना ट्राफिक प्रहरीमा कोरोना पुष्टि भएपछि काठमाण्डौ रामशाहपथमा रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत दुई सयभन्दा धेरै ट्राफिक प्रहरी क्वरेण्टीनमा बसेका छन् ।

शुक्रबार महाशाखाका दुई जना ट्राफिक प्रहरीको कोरोना रिपोर्ट पोजेटिभ आएपछि महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालसहित दुई सय जना महाशाखाभित्रै क्वरेण्टीनमा बसेका हुन् । 

महाशाखाका प्रवक्ता वामदेव गौतमले सहकर्मीमा कोरोना पुष्टि भएपछि स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरेर भित्रै बसिएको जानकारी दिनुभयो ।

अहिले उनीहरुको सबैको कोरोना परीक्षणको लागि नामावली टिप्ने काम भइरहेको र नामावली टिप्ने काम सकिएपछि कोरोना परीक्षणको लागि स्वाब सङ्कलन गर्ने तयारी भएको छ । 

उनीहरुको रिपोर्ट नआएसम्म बग्गीखानाबाट हुने सबै काम स्थगित गरिएको छ । शुक्रबार सङ्क्रमण पुष्टि भएका दुई जनालाई भने बलम्बुमा रहेको सशस्त्र प्रहरीको कोभिड अस्पतालमा भर्ना गरिएको छ । 

अन्तिम अपडेट: फागुन १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया