जोखिम बढेसँगै कोरोना परीक्षणको मापदण्ड परिवर्तन : गन्ध थाहा नपाउने, झाडा पखालाका बिरामीको पनि जाँच गरिने

 साउन १८, २०७७ आइतबार १४:१०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा काेराेना भाइरसकाे जाेखिम थप बढेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परीक्षणको दायरालाई पनि फराकिलो पारेको छ । कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले परीक्षणको मापदण्ड फराकिलो बनाएको छ ।

मन्त्रालयले नेशनल टेस्टिङ गाइडलाइन फर कोभिड १९ लाई परिवर्तन गर्दै परीक्षणको दायरा बढाएको हो । नयाँ मापदण्डअनुसार अब गन्ध थाहा नपाउने र झाडा पखालाका बिरामीको पनि पीसीआर विधिमार्फत स्वास्थ्य परीक्षण गरिने छ । 

यस्तो छ परीक्षणकाे नयाँ मापदण्ड : 

– ज्वरो, खोकी, श्वास फेर्न गाह्राे, स्वाद वा गन्ध थाहा नपाउने, झाडा पखालाको लक्षण देखिए  परीक्षण गरिने छ ।
– अग्रपङ्क्तिमा रहेर काम गर्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, चालक, फोहरमैलाका कर्मचारीलाई प्राथमिकता दिएर परीक्षण गरिने छ । 
– सङ्क्रमण पुष्टि भएकाको सम्पर्कमा रहेकाको पनि स्वास्थ्य परीक्षण हुनेछ । 
– श्वासप्रश्वासजन्य समस्या भएका बिरामीको परीक्षण हुनेछ ।
– विदेशबाट आएका (हवाई र स्थलमार्ग) सबैकाे परीक्षण गरिनेछ ।
– १४ दिन अगाडि कोरोना फैलिएको क्षेत्रबाट फर्किएका सबैको परीक्षण गरिने छ ।
– आईसीयूमा भर्ना भएका, दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका र विशेषगरी ६० वर्ष उमेरमाथिका नागरिकको स्वास्थ्य परीक्षण गरिने छ ।
– चिकित्सकीय मूल्याङ्कनका आधारमा शल्यक्रिया गर्नुपर्ने बिरामीको पनि परीक्षण गरिने छ ।   

लक्षण नदेखिएका र हल्का समस्या भएकालाई १४ दिनपछि डिस्चार्ज गरिने छ । यसैबीच स्वास्थ्य मन्त्रालयले अब अस्पताल केन्द्रित भएर परीक्षणको दायरा बढाउने तयारी पनि गरेको छ ।  

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया