१५ दिनपछि पानी पार्ने अर्को प्रणाली भित्रिने सम्भावना, तर पश्चि...
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – गएकाे चैत ११ गतेयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ५५ हजार जना यात्रुले आवत जावत गरेका छन् । विमानस्थल कार्यालयका अनुसार चैत ११ गतेदेखि लकडाउन भए पनि नेपालमा अड्किएका विदेशीको उद्धार र विदेशमा रहेका नेपालीको उद्धार गरेर नेपाल ल्याउने काम चलिरहँदा विमानस्थल व्यस्त रहेको महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिनुभयो ।
लकडाउनपछिका सुरुवाती दिनमा नेपालमा समस्यामा परेका नागरिकलाई विभिन्न देशले विदेश फर्काएका थिए, उद्धार उडानमा केही नेपाली पनि विदेश गए । चैत ११ गतेदेखि साउन १७ गतेसम्म १७ हजार चार सय ८२ जना वयस्क र दुई सय ९६ बालबालिका नेपालबाट विदेश गएका छन् ।
यस्तै लकडाउनपछि पहिलो पटक जेठ २३ गतेदेखि सरकारले विदेशमा समस्यामा रहेका नेपालीको पनि उद्धार सुरु गरेको थियो । त्यसयता ३७ हजार पाँच सय ६४ जना वयस्क र ६९ बालबालिका नेपाली स्वदेश फर्किएका छन् ।
समग्रमा चैत ११ गतेयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५५ हजार चार सय ११ जना व्यक्तिले आउजाउ गरेका छन् । यसको लागि पाँच सय ३५ वटा उडान भएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिनुभयो ।
कोरोना भाइरसको महामारीबाट बच्न अपनाइएका रोकथाम र नियन्त्रणका क्रियाकलापका कारण विमानस्थलले पूर्ण क्षमतामा उडान तथा अवतरण गराउन नसकेको र दैनिक १० वटा अन्तर्राष्ट्रिय उडानको लागि विमानस्थलले पूर्ण मापदण्डसहितको सेवा सजिलै उपलब्ध गराइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।