आज विश्व रेडियो दिवस मनाइँदै
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्काबीच दूरी कायम गर्न अपिल गर्नुभएको छ ।
पछिल्लो समय सरकारले लकडाउन हटाएपछि मानिसहरुले आफ्नो व्यवहारमा परिवर्तन नगरेका कारण सङ्क्रमण बढ्दै गएको छ । सङ्क्रमण कम गर्न एक अर्काबीच दुरी कायम गर्नु सबैभन्दा महत्त्वपूर्ण रहेको छ । तर मानिसहरुको भिडभाड बढ्न थालेपछि विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि भ्याण्डेलरले दुरी कायम गर्न अपिल गर्नुभएको हो ।
खोक्दा अथवा छुँदा अर्को व्यक्तिमा सङ्क्रमण भइरहेको र एक अर्काबीच दूरी कायम गर्नु नै सबैभन्दा सुरक्षित उपाय भएकाले सावधानी अपनाउन भ्याण्डेलरले अपिल गर्नुभएको हो । उहाँले कम्तीमा एक मिटरको दुरी कायम गरेर क्रियाकलाप गर्न आग्रह गर्नुभयो । त्यस्तै मास्कको प्रयोग र हात धुने बानीले सङ्क्रमणको झिनो सम्भावना हुने भएकाले सबैलाई सजगताका साथ प्रयोग गर्न अपिल गर्नुभएको छ ।
उहाँले भन्नुभयो, 'काेभिड एक प्रकारको रोग हो, यसले हामी सबैलाई असर गरेको छ । कोभिडको भाइरस हामीले खोक्दा अथवा छुँदा अर्को व्यक्तिमा सङ्क्रमण भइरहेको छ । यो रोग सङ्क्रामक भए पनि जोगिनका लागि सजिलो उपायहरु छन् । हामीले एक अर्काबीच दुरी कायम गरेर यो रोगको सङ्क्रमणलाई धेरै हदसम्म रोक्न सक्छौँ । कम्तीमा एक मिटरको दुरी कायम गर्न सक्यौँ भने मात्र पनि जोगिन सकिन्छ । हामी आफै सङ्क्रमित भए अरुलाई पनि सङ्क्रमण गराउन सक्छौँ । तर हामीले व्यवहारमा एक अर्काबीच दुरी कायम गर्न सके सङ्क्रमण हुने झिनो सम्भावना मात्र हुन्छ । त्यसैले एक अर्काबीच दुरी बनाउनु धेरै महत्त्वपूर्ण छ ।'
उहाँ अघि थप्नु हुन्छ, 'हामीले दूरी कायम गर्न सकेमा सङ्क्रमण रोक्न, लकडाउन हुन नदिन, सङ्क्रमण समुदायमा फैलनबाट रोक्न सकिन्छ । हाम्रो भौतिक दूरी सङ्क्रमण रोक्ने एक अचुक कडी हो । यस्तै मास्कको प्रयोग अर्को सरल उपाय हो । यसले पनि सङ्क्रमित व्यक्तिको सम्पर्कमा आइहालेमा रोक्न मद्दत गर्दछ । यस्तै अर्को सरल उपाय नियमित हात धुने पनि हो । हामीले दुरी कायम गर्न सके कसैलाई छुन पर्दैन । यसैले मेरो सबै नेपाली दाजु भाइलाई विनम्र अनुरोध छ दुरी बढाऔँ सङ्क्रमितबाट जोगिऔँ । धन्यवाद ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।