मेलम्ची पहिराेमा ज्यान गुमाएका ८ जनाकै सनाखत

 साउन १९, २०७७ सोमबार २०:८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

सिन्धुपाल्चोक – मेलम्ची नगरपालिका वडा नम्बर ११ मा पहिरोमा परेर ज्यान गुमाएका आठ जनाकै सनाखत भएको छ ।

ज्यान गुमाउनेमा बाराको सिमराका राजेश चौधरी, विक्रम थिङ, मानबहादुर रुम्बा, सिमन घलान, शिव बालक र सोनम लामा रहेका छन् । यस्तै वीरगञ्जका प्रदीप चौरासिया र भारतका राजेन्द्र चौरासियाको पनि ज्यान गएको छ ।

ज्यान गुमाएकाहरुको शव मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । पहिरोमा परेर घाइते भएका भारतका बारु शाहलाई उपचारका लागि काठमाण्डाै ल्याइएको छ ।

यसैबीच सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका २ बरुवामा पहिरोले घर पुरिँदा क्षेत्री टोलका यज्ञबहादुर क्षेत्री र उहाँकी श्रीमती लक्ष्मीको ज्यान गएको वडाध्यक्ष पासाङ लामाले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया