सप्तरी र धनुषाको जनकपुरधाम उप-महानगरपालिकामा निषेधाज्ञा

 साउन २०, २०७७ मंगलबार ६:३५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना सङ्क्रमणकाे जोखिम बढेपछि सप्तरी र धनुषाको जनकपुरधाम उप-महानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।

सप्तरी जिल्लाभरि र धनुषाको जनकपुरधाम उप-महानगरपालिकामा भित्र एक हप्ताका लागि निषेधाज्ञा जारी भएको हो । सप्तरीका प्रमुख जिल्ला अधिकारी शङ्कर हरि आचार्यले सप्तरीमा अहिलेसम्म ५ सय ३१ जनामा कोरोना सङ्क्रमण भेटिएपछि आज बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जानकारी दिनुभयो । 

अत्यावश्यक कामबाहेकका सम्पूर्ण आवतजावत, गाडी, पसल बन्द रहने पनि प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम अनावश्यक हिँडडुल, आवतजावत गर्न पाइँने छैन । 

त्यस्तै औषधि पसल, खाद्यान्न, अस्पताल तथा स्वास्थ्य सेवा केन्द्र, मालसमान ओसारपसार गर्ने र निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा आन्तरिक सुरक्षा कार्य, कृषि तथा पशुजन्य उत्पादन ढुवानीमा प्रयोग हुने साधन, वर्कशपजस्ता अत्यावश्यक सेवाबाहेकका अनावश्यक आवतजावतमा निषेधाज्ञा लगाइएको छ ।

धनुषाको जनकपुरधाम उप-महानगरपालिकामा निषेधाज्ञा

धनुषाको जनकपुरधाम उप-महानगरपालिका भित्र गएराति १२ बजेदेखि एक हप्तासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईकाअनुसार उप-महानगरपालिकामा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि निषेधाज्ञा जारी गरिएको हो । 

राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरुबाहेक अरु सेवा २६ गतेसम्मका लागि बन्द गरिएको उप-महानगरपालिकाका प्रमुख लालकिशोर शाहले बताउनुभयो ।
 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया