आज विश्व रेडियो दिवस मनाइँदै
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को सङ्क्रमितको प्लाज्मा कन्भालेसेन्ट थेरापी विधिको उपचार गर्नका लागि १२ अस्पताललाई तोकेको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा. प्रदीप ज्ञवालीले यस पद्धतिबाट कोभिड-१९ का गम्भीर अवस्थामा पुगेका सङ्क्रमितको उपचार गर्न र अनुसन्धान गर्नका लागि नौ सरकारी र तीन निजी अस्पताललाई स्वीकृत दिएको जानकारी दिनुभयो । कोभिड-१९ को गम्भीर अवस्थाका बिरामीलाई यस विधिबाट उपचार गरे बचाउन सकिन्छ ।
सरकारी अस्पतालहरु वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, धुलिखेल अस्पताल काभ्रे, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, नारायणी अस्पताल वीरगञ्ज, कोशी अस्पताल विराटनगर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, भेरी अस्पताल नेपालगञ्ज र सेती अस्पताल धनगढी रहेका छन् ।
निजी अस्पतालहरु मेडिसिटी अस्पताल काठमाण्डाै, ग्राण्डी अस्पताल र ह्याम्स अस्पताल रहेका छन् । अनुसन्धानमा संलग्न हुनका लागि प्रत्येक अस्पतालबाट एकजना फिजिसियन चिकित्सक र संयोजक तोकिएको छ । नेपालमा पहिलोपटक शिक्षण अस्पतालमा ६० वर्षका एक सङ्क्रमितको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको छ ।
यस विधिअनुसार कोभिड-१९ बाट सङ्क्रमणबाट पूर्णरुपमा निको भएको व्यक्तिको रगतमा भएको प्लाज्मा गम्भीर अवस्थाका सङ्क्रमित व्यक्तिमा रगत हाल्ने गरिन्छ र त्यस प्लाज्मा सङ्क्रमित व्यक्तिमा एन्टिबडी बनाई भाइरसको सङ्क्रमण मार्छ ।
'यो एक सम्भाव्य, अवलोकन क्लिनिकल अध्ययन हो, नोबेल कोरोना भाइरसको एन्टिबडी भएको कन्भालेसेन्ट प्लाज्मा कोभिड-१९ को उपचारका लागि अहिले नेपालमा एक अविलम्ब विकल्पका रूपमा रहेको छ', उहाँले भन्नुभयो, 'युरोपियन युनियनको स्वास्थ्य र खाद्य सुरक्षा तथा अमेरिकाको खाद्य र औषधि प्रशासन मापदण्डभित्रले पनि कोभिड-१९ को उपचारका लागि यस थेरापीलाई एक तत्कालीन प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ ।'
नेपालमा यस विधिबाट उपचार सफल रहेकाले ती अस्पताललाई अनुमति दिइएको उहाँले बताउनुभयो । अनुसन्धान प्रक्रियालाई अगाडि बढाउनका लागि मन्त्रालयले गत जेठ ४ गते सचिवस्तरीय बैठकबाट अनुमति दिएको थियो ।
यो पद्धतिबाट उपचार प्लाज्मा लिने र दिनेबीच समझदारी भएपछि गरिन्छ । उहाँले यस पद्धतिअनुसार उपचार गर्नका लागि २५ जना पूर्णरुपमा निको भइसकेका सङ्क्रमित प्लाज्मा दिन तयार रहेका बताउनुभयो । दातामा पीसीआर विधिबाट कोभिड–१९ रोग भएको निश्चित हुनुपर्ने, रक्तदान दिनुभन्दा कम्तीमा १४ दिन अगावै कोभिड–१९ सम्बन्धी लक्षण देखा नपरेको हुनुपर्ने र रक्तदान गर्ने व्यक्तिले रक्तदान गर्दा नेपाल रेडक्रसले अपनाएको मापदण्ड पूरा गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ ।
यस्तै प्लाज्मा थेरापी प्राप्त गर्ने व्यक्ति १८ वर्ष पूरा भएको हुनुपर्ने, पीसीआर विधिबाट कोभिड–१९ रोग भएको निश्चित हुनुपर्ने, अस्पतालमा भर्ना भई उपचार गराएको हुनुपर्ने, बिरामी गम्भीर अवस्था भएको वा ज्यान जोखिममा रहेको अवस्था हुनुपर्ने वा चिकित्सकले बिरामीको गम्भीर अवस्थामा जान सक्ने सम्भावना रहेको पुष्टि गरेको हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
अनुसन्धानमा संलग्न अस्पतालले प्लाज्मा थेरापी पद्धतिको उपचार र अनुसन्धान गर्नेसम्बन्धी जानकारी अनुसन्धान समयावधिभरि गोप्य राख्नुपर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।