६ महिनायता ३ सय ५४ जना बालबालिकालाई दादुरा र रुबेला सङ्क्रमण, २ जनाको ज्यान गयो

 साउन २०, २०७७ मंगलबार ९:५५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - गएको ६ महिनामा साढे ३ सय बालबालिकालाई दादुरा र रुबेला सङ्क्रमण भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको बाल स्वास्थ्य महाशाखाका खोप प्रमुख डाक्टर झलक शर्मा गौतमकाअनुसार गएको ६ महिनामा साढे ३ सय बालबालिकालाई दादुरा र रुबेला भएको हो । 

जसमध्ये ३ सय ४० जना दादुरा र १४ जनालाई रुबेला भएको उहाँले जानकारी दिनुभयो । ६ महिनामा दादुराका कारण २ जना बालबालिकाको ज्यान गएको छ । 

यो वर्ष धादिङ, गोर्खा, मकवानपुर, काठमाण्डौ, ललितपुर, सर्लाही र झापामा दादुरा धेरै पटक फैलिएको थियो । कोरोना भाइरस महामारीका कारण गरिएको लकडाउनका कारण खोप सेवा प्रभावित भएकाले दादुरा र रुबेलाको प्रकोप फैलिएको बाल स्वास्थ्य महाशाखाका खोप प्रमुख डाक्टर गौतमले बताउनुभयो । 

तर अहिले खोप अभियान पूरा भएको र अरु खोप पनि नियमित भइसकेकाले अब बालबालिकालाई दादुरा र रुबेला कम हुने उहाँको अनुमान छ । दादुरा र रुबेलाको फैलिएको जिल्लामा भने अभियानको रुपमा थप खोप कार्यक्रम पनि सञ्चालन गरिएको उहाँको भनाइ छ ।

अब खोप नियमित भएकाले सबै बालबालिकालाई अरु खोप जस्तै दादुरा र रुबेलाको खोप पनि अनिवार्य लगाउन डाक्टर गौतमले आग्रह गर्नुभएको छ । कुनै ठाउँमा एक जना बच्चा मात्रै खोप लगाउन छुटे, वरपरका अरु बालबालिकामा पनि दादुरा फैलने  खतरा हुन्छ । 

बालबालिकालाई दादुरा र रुबेला हुन नदिन आ-आफ्ना बालबालिकालाई खोप लगाएर सहयोग गर्न बाल स्वास्थ्य महाशाखाका खोप प्रमुख डाक्टर झलक शर्मा गौतमले आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया